जनचेतना अभियान  
     
 

जनचेतना अभियान

विद्युतीय सु-शासन (e-Governance)

विसौं शताब्दीको अन्त्य र एक्काईंसौं सताब्दीको शुरुवात सँगै सञ्चार तथा सूचना प्रविधिको विकासले विश्वमा चमत्कारीक परिवर्तनहरु ल्याएको छ । नेपालमा पनि सूचना प्रविधिको विकास र प्रयोगको विस्तार हुँदै गईरहेको छ । यसै पर्रि्रेक्षमा बुटवल नगरपालिकाले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा स्थानीय स्तरमा उपलब्ध सुविधा एवं सूचना प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर राख्दै नगरपालिकाले नगरवासीहरुलाई प्रदान गर्ने सेवा सुविधाहरुलाई सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाह गर्ने उद्धेश्य अनुरुप विद्युतीय सु-शासन (e-Governance) को दीर्घकालिन अवधारणालाई अगाडी सारेको छ । जस अनुरुप नगरपालिकाले यो वेवसाइट निर्माण गरेको हो । यो वेवसाइटको माध्यमबाट नगरपालिकाले प्रदान गर्ने अधिकतम सेवा सुविधाहरु नगरवासीहरुले घरमै बसी प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । यसले गर्दा कतिपय सेवा प्राप्त गर्न आवश्यक पर्ने फारामहरु लिनको लागि मात्र नगरपालिका कार्यालय तथा वडा कार्यालयसम्म धाउन नपर्ने भएको छ । नगरपालिकाले नगरवासीहरुले यस वेवर्साईटको उच्चतम उपयोग गर्ने आशा गरेको छ ।

   
 
     
 
  • महत्वपुर्ण निर्णयहरु
  • सहयोगी संस्थाहरु
  • जनच‌ेतना अभियान
  • फोटो ग्यालरी
  • प्रवाह गरिने सेवाहरु
  • सोच तथा दृष्टिकोण
  • आर्थिक प्रशासन
  • क्षतिपुर्ति सम्बन्धी ब्यवस्था
  • फोहरमैला व्यवस्थापन
  • भौतिक तथा सार्वजनिक पुर्वाधार
  • ऐतिहासिक तथा सास्कृतिक स्थल
  •  

    सूचनापाटी
     

    -

     
    कुनै पनि सूचना फेला परेन।

     
    महत्वपुर्ण फोन नम्बरहरु
     
      वारुण यन्त्र सेवा : ०७१-५४०१११
     
      © वि स २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित