फोहरमैला व्यवस्थापन  
     
 

फोहरमैला व्यवस्थापन

उद्देश्य

  • दैनिक रुपमा नगर क्षेत्रको सरसफाई गर्ने ।

  • फोहरमैला व्यवस्थापन र वातावरण संरक्षणमा नगरवासीलाई संलग्न गराउने ।

  • नगरलाई हरियाली र सुन्दर बनाउन पार्कहरुको निर्माण, वृक्षारोपण र संरक्षण गर्ने ।

  • छाडा चौपाया नियन्त्रण गर्ने ।

  • वेवारिशे लास तथा मृत पशु सदगत गर्ने ।

  • चेतनामूलक तथा शिक्षमूलक कार्यक्रमहरु सञ्चालन गर्ने ।

  • घर-घरबाट निस्कने फोहरमैला घर-घरमा नै व्यवस्थापन गर्ने वा जैविक फोहरबाट कम्पोष्ट मल बनाउने र अजैविक फोहर पुनः प्रयोग गर्न उत्प्रेरण जगाउने ।

  • जनस्वास्थ्यसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्ने ।

फोहरको संकलन
नगरपालिकाले नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सडकबाट र घर-घरबाट नै फोहरमैलाको संकलन गर्ने कार्य गर्दै आएको छ ।

 

नगरपालिकामा कार्यरत सफाईकर्मीहरुले दैनिक रुपमा विहान ५ बजेदेखी ८ बजेसम्म र दिउसो १ बजेदेखी ५ बजेसम्म सडक, नालीहरु सफा गरी, झाडु लगाई संकलन गरी फोहर मैलाको अन्तिम व्यवस्थापन गर्ने कार्य भईरहेको छ भने नगरपालिकाले सघन सरसफाई योजना आर्यान्वयन समिति गठन गरी समिति मार्फ प्रत्येक घर पसलहरुमा १/१ थान बाल्टी वितरण गरी दैनिक रुपमा घर पसलबाट निस्कने फोहरमैला संकलन गरी अन्तिम व्यवस्थापन गर्ने कार्य गरेको छ ।

 

त्यसै गरी फोहर घरघरबाट संकलन गरेवापत प्रत्येक घर पसलबाट मासिक रु २५।- र होटलहरुबाट रु. ५०।- सेवा शुल्क उठाउने गरेको छ ।त्यसैगरी बुटवल नगरपालिका वडा नं. १ देखी वडा नं. ४ सम्मको सरसफाई कार्य आ. व. २०६०/०६१ देखी व्यवस्थापन करारमा निजी क्षेत्र मार्फ सञ्चालन गरिएको छ ।

 

 

फोहरको अवस्था
बुटवल नगरपालिकामा हाल विभिन्न श्रोतहरुबाट जस्तै- घर-घरबाट, पसलबाट कलकारखानाबाट हाटबजारबाट, सडक, नाली, ढल, क्लिनिक, अस्पताल र अन्य श्रोतबाट निम्न अनुसारको फोहर उत्पादन हुने गरेको छ ।

प्रकार  

मात्रा

  • दैनिक उत्पादन हुने फोहर

  • जैविक फोहर

  • अजैविक फोहर

  • दैनिक सरसफाई हुने क्षेत्र

:

:

:

:

२५ टन

७० टन

३० टन

करिव ४० कि.मि.

 

 

कर्मचारी संख्या
बुटवल नगरपालिका कार्यालयबाट नगरक्षेत्रको फोहर मैला व्यवस्थापनको लागि ८० जना कर्मचारी खटिएका छन् ।

 

 

तपाईले गर्न सक्ने कार्यहरु

  • आफ्नो घर बगैचाको जैविक फोहरलाई घरमा नै कम्पोष्ट गरी मल बनाऔं ।

  • अजैविक फोहरहरु जस्तै- प्लाष्टिक, कागज, शिशी आदिलाई नजिकैको कवाड केन्द्रमा लगि वेच्ने गरौं ।

  • किनमेल गर्न बजार जाँदा प्लाष्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गरौं ।

  • नगरपालिका तथा सामुदायिक समुहहरुले सञ्चालन गरेका वातावरणीय तथा सरसफाई सम्बन्धी कार्यक्रमहरुलाई सक्रिय रुपले समर्थन गरी सहभागी बनौं ।

  • आफ्नो घर वरीपरी रुख विरुवा रोपौं र त्यसको संरक्षण गरौं ।

  • आफ्नो सास्कृतिक सम्पदाको संरक्षण र स्याहार गरौं ।

  • एकपल्ट सोचौं म समस्याको कारक हुँ या समाधानको

   
 
     
 
  • महत्वपुर्ण निर्णयहरु
  • सहयोगी संस्थाहरु
  • जनच‌ेतना अभियान
  • फोटो ग्यालरी
  • प्रवाह गरिने सेवाहरु
  • सोच तथा दृष्टिकोण
  • आर्थिक प्रशासन
  • क्षतिपुर्ति सम्बन्धी ब्यवस्था
  • फोहरमैला व्यवस्थापन
  • भौतिक तथा सार्वजनिक पुर्वाधार
  • ऐतिहासिक तथा सास्कृतिक स्थल
  •  

    सूचनापाटी
     

    -

     
    कुनै पनि सूचना फेला परेन।

     
    महत्वपुर्ण फोन नम्बरहरु
     
      वारुण यन्त्र सेवा : ०७१-५४०१११
     
      © वि स २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित