क्षतिपुर्ति सम्बन्धी ब्यवस्था  
     
 

स्वच्छ स्वस्थ साक्षर सीपयुक्त सुन्दर हराभरा बुटवल नगरपालिका
 बुटवल नगरपालिका द्वारा नगरवासीका नाममा जारी गरेको

बुटवल नगरपालिकाको नागरिक वडापत्र २०६१

(Butwal Municipality - Citizen Charter 2061)

 

क्षतिपूर्ति सम्बन्धि व्यवस्था

यस नागरिक वडापत्रमा उल्लेखित कागजात सहित निवेदन दिएमा तोकिएको सेवा तोकिएको समयावधि भित्र सेवाग्राहीलाई उपलब्ध गराउन नसकेमा अधिकतम रु.५०।- सम्म क्षतिपूर्ति दिने छौ ।

सेवाहरु -
१. नेपाली नागरिकता सिफारिस
२. नाता प्रमाणित
३. घरजग्गा खरिद विक्रि प्रयोजनका लागि गरिने घर सडक प्रमाणित सिफारिस ।

क्षतिपूर्ति कसरी लिने -

नागरिक वडापत्रमा उल्लेख भए बमोजिमका कागजात सहित निवेदन दिइएकोमा तोकिएको समयावधि भित्र कार्य सम्पन्न नभएको भनि लिखित निवेदन दिएमा सम्बन्धित शाखा प्रमुखको सिफारिसमा कार्यालय प्रमुख -कार्यकारी अधिकृत) ले क्षतिपूर्तिको निर्णय गरि लेखा शाखाबाट भुक्तानि दिइने छ ।

आदरणिय नगरवासी दाजु-भाई, दिदी-बहिनीहरु,
अधिकारमा आधारित सेवा प्रवाहलाई पारदर्शी, सरल, जवाफदेही र निश्चित समयमा सम्पन्न गरी सेवाग्राहीलाई सेवा सुविधा प्रदान गर्ने उद्देश्यले यस नगरपालिकामा संभवत नेपालमै पहिलो पटक २०५६ साल कार्तिक २० गतेका दिन एक र्सार्वजानिक समारोहका विच तत्काल लागु हुने गरी "नागरिक वडापत्र"
(Citizen Charter) जारी गरिएको थियो । नगरपालिकाको त्यो पहिलो इमान्दार प्रयास थियो, यद्यपि त्यसमा धेरै कमीहरु रहेका थिए । यस विचमा नगरपालिकाले गर्ने कामका स्वरुप र क्षेत्रहरु परिवर्तित एवं विस्तारित भएर आएका छन् । विभिन्न काम कर्तव्य र अधिकारहरु निक्षेपण भई आएका छन् ।सेवाग्राहीका इच्छा अपेक्षाहरु परिवर्तित भएका छन । सेवाग्राहीहरुले सरकारी सेवा "निगाहामा होइन, आफ्नो अधिकार हो" भन्ने कुरा बुझेका छन् । वास्तवमा नगरवासीहरुमा आएको त्यो बुझाई विकास प्रक्रियाको सकारात्मक संकेत हो ।

परिवर्तित विश्वमा आएको सोच अनुरुप सरकारी निकायहरुले आफुलाई समयानुकुल परिवर्तित र परिमार्जित गर्नै पर्दछ । यदि आफुलाई परिवर्तित र परिमार्जन गर्न नसक्ने हो भने त्यस्तो निकाय, व्यक्ति वा संस्थालाई समयले धेरै पछाडि धकेलिदिन्छ । बुटवल नगरपालिकाले आफुलाई समयानुकुल परिवर्तित र परिमार्जन गर्दै आफुलाई अग्रणी स्थानमा राख्ने प्रयासमा सदा प्रयत्नशिल भई आएको छ । नगरपालिकाको प्रयासमा सम्पूर्ण नगरवासीहरुबाट प्राप्त सहयोगबाट नगरपालिका उत्साहित छ ।
 

नगरपालिका नगरवासी महानुभावहरुबाट प्राप्त सहयोग र सद्भावबाट उत्साहित भई विगतमा जारी नागरिक वडापत्रमा केहि थप सेवा प्रवाहको लागि चाहिने कागजात, प्रक्रिया, चरण जिम्मेवार शाखार निकाय समेत उल्लेख गरी नागरिक वडापत्रको संशोधन एवं परिमार्जन गर्ने जमर्को गरेको छ। आशा छ, यसबाट नगरवासीहरुले आफुले नगरपालिकाबाट प्राप्त गर्ने सेवा सुविधा अझ प्रभावकारी तवरले लिन सक्नु हुनेछ । नागरिक वडापत्रको सफल कार्यान्वयननगरवासीहरुको सक्रिय सहयोग र सक्रियतामा मात्र पुरा हुनेछ । त्यसैले सदाझै आगामी दिनहरुमा पनि यहांहरुको सहयोग प्राप्त हुनेछ । यसले न.पा.लाई अझ बढि जिम्मेवार र जवाफदेही समेत बनाउने अपेक्षा समेत लिइएको छ ।
 

र अन्त्यमा नागरिक वडापत्रको परिमार्जन गर्ने क्रममा हामीले जनताका प्रत्यक्ष सरोकारका केही सेवा प्रवाह जस्तै - नागरिकता सिफारिस, नाता प्रमाणित र घर सडक प्रमाणित गर्ने कार्य तोकिएको समयावधि भित्र पुरा नभएमा न्युनतम रुपमा भए पनि क्षतिपूर्ति दिने चुनौतीपूर्ण निर्णय समेत गरेका छौ । यसबाट सेवा प्रदायक अझ बढि जवाफदेही बन्नु पर्ने अवस्था श्रृजना हुनेछ । जसबाट सम्पूर्ण नगरपालिका लाभान्वित हुनेछ, भन्ने अपेक्षा र विश्वास लिएका छौं ।


प्रमुख एवं कार्यकारी अधिकृत
बुटवल नगरपालिका कार्यालय
मिति २०६१।११।१५ गते

 

प्रवाह गरिने सेवा तथा सुविधाहरु
 

   
 
     
 
  • Important Decisions
  • Partner Organizations
  • Awareness Campaign
  • Gallery
  • Cooperative Organizations
  • Religion And Culture
  • Transportation And Communation
  •  

    Notice Board

    -

    No Notices Found

     
    Emergency Phone Numbers
     
      Fire Briged : 071-540111
     
      © 2009 A.D. || All rights reserved