समाचारहरु
 

१५ दिने गुडिया तथा कुशन वनाउने तालिम संचालन
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

वुटवल नगरपालिकाको आयोजनामा शहरी गरिवी न्यूनिकरण अन्तर्गत गुडिया र कुशन वनाउन तालिम वुटवल नगरपालिका वडा नं.९ राष्टि्‍य साझेदारी विकास केन्द्रको भवनमा संचालन भएको छ । २ चरणमा गरी वुटवल नगरपालिकाका १५ वटै वडाका करिव ८० जना महिला सहभागीहरु रहने उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम २०६८।२।२३ गते देखि शुरु भर्इ २०६८।३।९ गते संपन्न भएको छ । पहिलो चरणमा वडा नं.१० देखि १५ सम्मका ३४ जना महिलाहरुले तालिम संपन्न गरिएको छ । तालिम संपन्न गरेका प्रशिक्षार्थिहरुलाई नगरपालिका समाजकल्याण महाशाखाका प्रमुख श्री भुवा प्रसाद लुइटेलले एक कार्यक्रम प्रमाणपत्र वितरण गरियो । पहिलो चरणको कार्यक्रम समापन र दोस्रो चरणको कार्यक्रम शुभारम्भ कार्यक्रम समुदाय परिचालक झविन्द्र थापाले संचालन गर्नु भएको थियो । कार्यक्रम वोल्दै प्रशिक्षक श्री शेखर मुखिया प्रशिक्षार्थीहरुलार्इ शुभकामना तथा वधार्इ दिनुभयो । कार्यक्रमको उद्देश्य का वारेमा कार्यक्रम संयोजक एवं सामाजिक विकास शाखाका शाखा अधिकृत श्री दामोदर ज्ञवालीले प्रकास पार्नु भएको थियो । उक्त तालिमको दोस्रो चरणका २ समुहमा गरी वडा नं.१ देखि ९ सम्मका जम्मा ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । तालिम १५ दिन सम्म संचालन हुनेछ ।

--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
प्रकाशक : बुटवल नगरपालिका कार्यालय - २०६८-०३-१३

<< बाँकी समाचारहरु

 
 
  • महत्वपुर्ण निर्णयहरु
  • सहयोगी संस्थाहरु
  • जनचेतना अभियान
  • फोटो ग्यालरी
  • प्रवाह गरिने सेवाहरु
  • सोच तथा दृष्टिकोण
  • आर्थिक प्रशासन
  • क्षतिपुर्ति सम्बन्धी ब्यवस्था
  • फोहरमैला व्यवस्थापन
  • भौतिक तथा सार्वजनिक पुर्वाधार
  • ऐतिहासिक तथा सास्कृतिक स्थल
  • स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम
  • सर्व दलिय संयन्त्रमा प्रतिनीधित्व गर्ने पार्टि प्रतिनीधीहरु
  •  

    सूचनापाटी
     

    -

     
    कुनै पनि सूचना फेला परेन।

     
    महत्वपुर्ण फोन नम्बरहरु
     
      वारुण यन्त्र सेवा : ०७१-५४०१११
    कार्याकारी अधिकृत : ०७१५४००३५
    फ्याक्स : ०७१-५४१२८३
    प्रशासन शाखा : ०७१-५४६०१४
     
      © वि स २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित  
    Designed & Developed By - Geosoft Technologies Pvt. Ltd. in association with Shangrila Microsystem Pvt. Ltd.