| |
विश्व वातावरण दिवशमा विभिन्न कार्यक्रमहरु मनाइयो
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
"वन : प्रकृतीको उपहार, जीवनको आधार" (Forest: Nature, at your Service) भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताह २०६८ को उपलक्ष्यमा बुटवल नगरपालिकामा विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएका छन । २०६८ जेष्ठ २१ गते वुटवल नगरपालिकाका दलिय संयन्त्र, महाशाखा प्रमुख तथा शाखा प्रमुख विचमा वातावरण तथा वातावरण संरक्षण संवन्धि अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम संपन्न गरियो । सो कार्यक्रममा राजनैतिक दलिय संयन्त्रका सदस्यहरु, महाशाखा तथा शाखा प्रमुखहरु गरी ३३ जनाको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा विमल पोख्रेलले सहजीकरण गर्नु भएको थियो । वुटवल नगरपालिकामा संचालित स्वस्थ परियोजनाले वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताह कै अवसरमा स्वस्थ परियोजना सञ्चालन भएका टोल विकासहरुमा (बु.न.पा.१३ प्रगतीनगरको BC र GH टोल, बु.न.पा.६ आर्दशनगर, बु.न.पा.११ मजुवा, बु.न.पा.१३ प्रगतीनगर) सरसफार्इ कार्यक्रम तथा सुरक्षित खानेपानी र सरसफार्इ सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो। जसमा जम्मा १७९ जना महिलाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण स्थानीय स्तरका महिला स्वयं सेविका तथा खानेपानी र सरसफार्इ (खास) स्वयं सेवकले गर्नु भएको थियो । सोही अवसरमा बु.न.पा. १३ प्रगतीनगरको BC र GH टोलमा सरसफार्इ कार्यक्रम सञ्चालन भएको थियो । सो क्षेत्रमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान समेत शुरु भएको छ । विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय विद्यालय चित्रकला प्रतियोगिता संपन्न गरियो ।
स्वस्थ जीवनका लागी सुरक्षित खानेपानी, मैले कल्पना गरेको स्वस्थ समाज र जलवायु परिर्वतन र असर न्युनिकरण विषयमा बुटवल नगरपालिका क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत माध्यमिकस्तरका विद्यालयस्तरिय चित्रकला प्रतियोगिता संचालन गरिेयो । जसमा २५ वटा (९ वटा सामुदायिक र १६ संस्थागत विद्यालय) विद्यालयको सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता बुटवल नगरपालिका प्रमुख एवं कार्यकारी अधिकृत श्री यज्ञ प्रसाद भट्राइ ज्यले गर्नुभएको थियो । सो प्रतियोगितामा प्रमुख निर्णायकको रुपमा श्री शान्ताराम गिरी, निर्णायकको रुपमा श्री एच.वि.रम्तेल र श्री मन गोल्डीले सहजीकरण गर्नुभएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रमको ओचित्यका वारेमा वरिष्ठ अधिकृत श्री भूवा प्रसाद लुइटेलले गर्नु भएको थियो भने सो कार्यक्रमको संचालन शाखा अधिकृत श्री दामोदर ज्ञवालीले गर्नु भएको थियो । प्रथम द्धितीय, तृतीय पुरस्कार क्रमश: २ हजार, १ हजार ५ सय, १ हजार तथा सान्त्वना ३ जनालार्इ ५ सय नगद पुरस्कार र मायाको चिनो प्रदान गरिने सो प्रतियोगितामा विद्यालयबाट छानिएर आएका २५ जना विद्यार्थीहरुले चित्रकलाको विषयवस्तु अनुसार चित्र मार्फत आफ्नो कला प्रस्तुत गरेका थिए । सो प्रतियोगितामा क्यानन उच्च मा. विद्यालयका श्री विजय सुवेदी प्रथम हुनु भएको थियो । त्यस्तै एभरेष्ट र्इ. बोडिड बाट आउनु भएका श्री सुजन पुन द्धितीय र कालीका उ. मा. वि. बाट आउनु भएका श्री प्रितम राना तृतिय तथा आर्इडियल बोडिङ स्कुलका सुमन उपाध्याय, बुटवल ग्लोरीका शिव सनी, स्कलर्सहोमका सुदेश श्रेष्ठ सान्त्वना हुनु भएको थियो । पुरस्कृत विद्यार्थिहरुलार्इ पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थिथो ।
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
प्रकाशक :
बुटवल नगरपालिका कार्यालय -
२०६८-०२-२९
<< बाँकी समाचारहरु
|