नगर परिचय
     
 
 

पश्चिमाञ्चल विकास क्षेत्रको मुलद्घारको रुपमा रहेको नेपालको प्राचीन एवं ऐतिहासिक केन्द्र बुटवल नगर लुम्बिनी अञ्चल, रुपन्देही जिल्लाको उत्तरी सिमानामा अवस्थित छ। यस ठाँउसंग गाँसिएका ऐतिहासिक गौरव गाथाले यस नगरको गरिमालाई अझ बढी महत्वपुर्ण तुल्याएको छ ।
समुद्री सतहबाट करिव १८३ मीटर उचाईमा अवस्थित यो शहरको तापमान अत्यधिक गर्मीमा ४५ र जाडोमा ८ डीग्री सेल्सीयस सम्म रहेको पाईन्छ ।
देशका प्रमुख राजमार्गहरु महेन्द्र राजमार्ग तथा सिद्घार्थ राजमार्ग को संगम स्थलका साथै २५ कि. मि. दक्षिणमा रहेको भारतीय नाकाको कारणले गर्दा औधोगिक, ब्यापारिक तथा अन्य विकासहरुका लागि पनि यस बुटवल नगरको राष्ट्रिय स्तरमै महत्वपूर्ण स्थान रहेको छ ।

 

भौगोलिक क्षेत्र:

 

विकास क्षेत्र - पश्चिमाञ्चल ।
अञ्चल - लुम्बिनी ।

जिल्ला - रुपन्देही ।
नगरपालिका - बुटवल ।

संसदिय निर्वाचन क्षेत्र नं. - ३
स्थापना वर्ष- २०१६।११।३
वडा संख्या - १५
न.पा.को क्षेत्रफल -७९५.१० हेक्टर (६९.२८ व.कि.)
वसोवास क्षेत्र - २५० हेक्टर ।
कृषि क्षेत्र - ९०० हेक्टर ।
बजार क्षेत्र - २०० हेक्टर ।
वन क्षेत्र - ५५६७.१७ हेक्टर ।
अन्य - १०३५.९३ हेक्टर ।

 

जनसंख्या

 

न.पा. भित्रको कूल जनसंख्या १०८७५५
स्थायी जनसंख्या - ७०२५७ र अस्थायी जनसंख्या - ३८४९८
स्थायी जनसंख्या महिला - ३४२११
स्थायी जनसंख्या पुरुष - ३६०४६
कूल पुरुष संख्या - ५३५१०
कूल महिला संख्या - ५५२४५
राष्ट्रिय जनगणना - २०५८ बमोजिम

जनसंख्या बृद्धिदर - ६.१५ प्रतिशत
 

वडा नं.

जनसंख्या

१०१९

१४४१

१५४३

४५६०

८२५७

३६०५

२६०३

६२९८

९२६३

१०

७३५५

११

५१३८

१२

३८८२

१३

७२८६

१४

४००९

१५

३९९७


बु.न.पा.को सिमाना

 

पूर्व     - देवदह गा.वि.स.
पश्चिम  - पर्रोहा गा.वि.स.
उत्तर    - दोभान गा.वि.स. -पाल्पा
दक्षिण  - शंकरनगर गा.वि.स. तथा मोतिपुर गा.वि.स.
 

तापक्रम
न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखि
अधिकतम ४५ डिग्री सेल्सियस सम्म

 

 

नगर क्षेत्र भित्रको बाटो
पक्की ३६ किलोमिटर
ग्राभेलिङ्ग १९ किलोमिटर
कच्ची ३४ किलोमिटर

जम्मा ८९ किलोमिटर
 

अदालत

पुनरावेदन अदालत, बुटवल
 

 

विद्यालय

सरकारी विद्यालय मा.वि. - १०
निजी विद्यालय मा.वि. - २७
सरकारी नि.मा.वि. - ५
निजी नि.मा.वि. - २
सरकारी प्रा.वि. - ७
निजी प्रा.वि. - १५
उच्च मा.वि.१०+२ - ७
क्याम्पस सरकारी - १
निजी क्याम्पस - २
 

बसोवास गर्ने मुख्य जाति
ब्राम्हण, क्षेत्री, नेवार, गुरुङ्ग, मगर, ठकुरी, थारु, थकाली आदि ।

 

धर्म
हिन्दु, बौद्ध, मुस्लिम, शिख, क्रिश्चियन, आदि ।
 

महत्पूर्ण धार्मिक स्थल
सिद्धबाबा, गणेश मन्दिर, नारायणस्थान, राधाकृष्ण मन्दिर, कालिका मन्दिर, राममन्दिर, भुवनेश्वरी मन्दिर, बौद्ध गुम्बा, पद्यम चैत्य विहार आदि ।


ऐतिहासिक स्थल
रामापिथेकस अवशेष स्थल, जितगढी किल्ला, मणिमुकुन्द सेन दरवार आदि ।
 

पर्यटकिय स्थल
मणिमुकुन्द सेन पार्क, हिलपार्क आदि ।
 

अस्पताल
लुम्बिनी अंचल अस्पताल
सिद्धार्थ बाल तथा महिला अस्पताल
लुम्बिनी अंचल आयुर्वेदिक अस्पताल
लायन्स आंखा अस्पताल
लुम्बिनी नर्सिङ्ग होम
बुटवल हस्पिटल प्रा.लि.

 
 
  • महत्वपुर्ण निर्णयहरु
  • सहयोगी संस्थाहरु
  • जनचेतना अभियान
  • फोटो ग्यालरी
  • प्रवाह गरिने सेवाहरु
  • सोच तथा दृष्टिकोण
  • आर्थिक प्रशासन
  • क्षतिपुर्ति सम्बन्धी ब्यवस्था
  • फोहरमैला व्यवस्थापन
  • भौतिक तथा सार्वजनिक पुर्वाधार
  • ऐतिहासिक तथा सास्कृतिक स्थल
  • स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम
  • सर्व दलिय संयन्त्रमा प्रतिनीधित्व गर्ने पार्टि प्रतिनीधीहरु
  •  

    सूचनापाटी
     

    -

     
    कुनै पनि सूचना फेला परेन।

     
    महत्वपुर्ण फोन नम्बरहरु
     
      वारुण यन्त्र सेवा : ०७१-५४०१११
    कार्याकारी अधिकृत : ०७१५४००३५
    फ्याक्स : ०७१-५४१२८३
    प्रशासन शाखा : ०७१-५४६०१४
     
      © वि स २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित  
    Designed & Developed By - Geosoft Technologies Pvt. Ltd. in association with Shangrila Microsystem Pvt. Ltd.